SHARE
लोक पथ · शनिबार १६ साउन २०८३ ०६:०९ AM · 1 मिनेट पढाइ

सद्भाव र्‍यालीपछि जनकपुरधाममा प्रदर्शन, सुनसरी–सिरहा घटनाका दोषीलाई कारबाहीको माग

जनकपुरधाम । सुनसरी र सिरहामा भएका घटनाका दोषीलाई तत्काल पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गर्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ । जनकपुरधाममा आयोजित सद्भाव र्‍याली सम्पन्न भएलगत्तै स्वतःस्फूर्त रूपमा भेला भएका युवाहरूको समूहले विरोध प्रदर्शन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेको हो ।