SHARE
पर्दाफास · आइबार​ २२ भौ २०८२ ०४:२६ PM · 1 मिनेट पढाइ

जेनजीको आक्रोश स्वाभाविक, भ्रष्टाचारविरुद्ध हाम्रो आन्दोलन जारी छ : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजीको आक्रोश स्वाभाविक भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै जेनजीले भोलि गर्न लागेको प्रदर्शनलाई स्वाभाविक भएको बताएका हुन् । अध्यक्ष प्रचण्डले सामाजिक सञ्जालमाथि गरिएको अवरोधलाई जनताको अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार भन्दै कडा आपत्ति जनाएका छन् ।