नेप्सेमा बस्याल र पुनर्बिमामा पौडेल नियुक्त
सरकारले नेपाल स्टक एक्सचेन्ज र नेपाल पुनर्बिमा कम्पनीमा अध्यक्ष नियुक्त गरेको छ। नेपाल स्टक एक्सचेन्जको अध्यक्षमा हेमन्त बस्याल र पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र पौडेल नियुक्त भएका हुन्। अर्थमन्त्री विष्णु पौडेलले मन्त्रीस्तरीय निर्णय गरी यो नियुक्ति दिएका हुन्। बस्याफले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकारी थिए।
