काठमाडौंमा एआई सम्मेलन हुँदै, देश–विदेशका प्रतिनिधिले भाग लिने
दोस्रो राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स सम्मेलन आगामी शनिबार काठमाडौंको होटल हिमालयमा हुने भएको छ । सम्मेलन डिजिटल मिडिया फाउन्डेसनले आयोजना गर्दैछ भने इन्टरनेट सोसाइटी नेपाल शाखा, युएनडिपी नेपाल, युनेस्को काठमाडौं, डिजिटल फ्रिडम कोलिसन, रोबोटिक एसोसिएसन नेपाल र डिजिटल राइट्स नेपालको सहकार्यमा सम्पन्न हुनेछ ।
