SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ ०२:२५ AM · 1 मिनेट पढाइ

सप्तरीको बोदेबरसाइनपछि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी

सप्तरी । जिल्ला प्रशासन कार्यालय सप्तरीले जिल्लाको बोदेबरसाईन नगरपालिकापछि राजविराज क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । सो कार्यालयले बिहीबार राति १० बजेदेखि बोदेबरसाइन क्षेत्रमा कर्फ्यु जारी गरेकोमा आज बिहान ८ बजेदेखि राजविराज क्षेत्रमा पनि कर्फ्यु जारी गरेको हो ।