SHARE
लोक पथ · शुक्रबार​ १५ साउन २०८३ १२:३० AM · 1 मिनेट पढाइ

हिमपहिरोमा कीर्तिमानी आरोही निर्मल पुर्जासहित १० जना बेपत्ता

काठमाडौं । पाकिस्तानको ब्रोड पिकमा गएको हिमपहिरोमा परी नेपालका चर्चित आरोही निर्मल पुर्जासहित १० जनाको टोली बेपत्ता भएको छ । पुर्जाको नेतृत्वमा एक अमेरिकी, एक चिनियाँ नागरिक, एक ओमानी नागरिक र केही नेपाली रहेको बताइएको छ । पाकिस्तानका पर्वतारोहण अधिकारीहरूका अनुसार काराकोरम पर्वत शृंखलामा पर्ने ब्रोड पिकमा बिहीबार मध्याह्नतिर हिमपहिरो गएको थियो ।