SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ १०:२० AM · 1 मिनेट पढाइ

‘सेभेन अप’ को प्रयोगशाला परीक्षण : भेटिएन कुनै कैफियत, उत्पादन र बिक्री पुनः सुरु

काठमाडौं । वरुण बेभरेजले उत्पादन र बिक्री वितरण गर्दै आइरहेको पेय पदार्थ सेभेन अप (7UP) को उत्पादन र बिक्री गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले पुनः अनुमति दिएको छ । कार्यालयले प्रयोगशाला परीक्षणपछि सेभेन अपमा कुनै कैफियत नदेखिएपछि उत्पादन तथा बिक्री वितरण पुनः सुचारु गर्न अनुमति दिएको हो ।