SHARE
लोक पथ · बिहीबार १४ साउन २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा, को-को छन् सहभागी ?

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसेको हो । सुनसरीमा केही दिनदेखि घटिरहेको घटनापछि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले सुरक्षा समितिको बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसामयिक विषयमा छलफल गर्न बैठक आह्वान गरिएको हो ।