नेपाल चार्टर्ड एकाउन्टेन्ट्स र सहकारी नियमन प्राधिकरणबीच सहकार्य
१७ भदौ, काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (ICAN) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच सहकारी क्षेत्रको नियमन, सुपरिवेक्षण र नियामकीय लेखापरीक्षण (प्रुडेन्सियल अडिट) सम्बन्धी सहकार्य गर्ने सहमति भएको छ।
