नेपाल चेम्बरका निवर्तमान अध्यक्ष मल्ल‘आईकोनिक इन्टरप्रिनरसिप अवार्ड’बाट सम्मानित
१७ भदौ, काठमाडौं। नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष तथा प्रभु इन्स्योरेन्सका अध्यक्ष राजेन्द्र मल्ललाई प्रोफेशनल अचिभमेन्ट अवार्ड टिमले प्रदान गर्ने आईकोनिक इन्टरप्रिनरसिप अवार्डबाट सम्मानित गरिएको छ। शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मल्ललाई प्रमाणपत्रसहित सम्मान गरे।
