एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण
१७ भदौ, काठमाडौं। एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सर्लाहीको लालबन्दी–५ स्थित श्री अमर जैन विद्यालयमा विद्यार्थीहरूलाई स्कुल ब्याग र वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनमा सहयोग पुर्याउने प्रतिबद्धताअनुसार यो कार्यक्रम आयोजना गरेको हो।
