नासाको अध्यक्षमा बिद्या गुरुङ निर्वाचित
काठमाडौं । Nepalese Association of Southeast America (NASeA) को ३४औँ वार्षिक अधिवेशन हालै अमेरिकाको जर्जिया राज्यको एट्लाण्टा शहरमा सम्पन्न भएको छ । नासाको २०२५–२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्ने निर्वाचनसहित साहित्यिक कवि गोष्ठी सहित विभिन्न सांस्कृतिक कार्यक्रमका साथ उक्त अधिवेशन भव्य र सभ्य रुपमा सम्पन्न भएको हो ।
