प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंक’ अवार्ड
काठमाडौं । प्रभु बैंक लिमिटेडले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ । युरोमनी लिमिटेडले प्रदान गर्ने युरोमनी अवार्ड फर एक्सिलेन्स २०२५ अन्तर्गत प्रभु बैंकलाई ‘नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक’ को अवार्ड प्रदान गरिएको हो ।
