आफ्नो ‘डीपफेक’ भिडियो बनाएको भन्दै साइबर ब्यूरोमा उजुरी दिँदै स्वर्णीम वाग्ले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपाध्यक्ष डा. स्वर्णीम वाग्लेले साइबर ब्यूरोमा उजुरी दिँदैछन् । सांसद वाग्लेले आफ्नो ‘डीपफेक’ भिडियो बनाएर गलत प्रचार गरेको भन्दै साइबर ब्यूरो भोटाहिटी पुगेर उजुरी दिन लागेका हुन् । वाग्लेले आजै व्यूरोमा पुगेर उजुरी दिने तयारी गरेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।
