SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ ०९:११ AM · 1 मिनेट पढाइ

सुहाङले सरकारलाई सोधे– ‘इम्बोस्ड नम्बरको औचित्य के हो ?’

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सरकारले अनिवार्य गर्ने घोषणा गरेको इम्बोस्ड नम्बरबारे संसदमा प्रश्न उठाएका छन् । बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद नेम्वाङले जनतालाई पहिले नै अत्यधिक सवारी कर रहेको भन्दै थप भार पार्न नहुने तर्क गरे । साथै उनले इम्बोस्ड नम्बर प्लेटको औचित्यबारे समेत सरकारसामु प्रश्न उठाए ।