खाद्य उद्योग दर्ता, अनुमतिपत्र र नवीकरण अब अनलाइनबाटै
काठमाडौं । खाद्य उद्योग दर्ता सिफारिस, अनुमतिपत्र जारी तथा नवीकरण सेवा अब अनलाइनबाटै उपलब्ध भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘नेपाल फुड एण्ड फिड इण्डष्ट्री लाइसेन्सिङ सिस्टम (नेफिल्स)’ सञ्चालनमा ल्याएको महानिर्देशक सञ्जीवकुमार कर्णले जानकारी दिए । उनका अनुसार, नेफिल्स प्रणाली विशेष गरी खाद्य उद्योगी व्यवसायीका लागि ‘पेपरलेस’ र ‘फेसलेस’ सेवा उपलब्ध गराउँछ।
