सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध
कर्णाली । कर्णाली राजमार्गको कालीकोट जुम्ला सडकखण्डमा पर्ने सेराबाडामा आज सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । खाँडाचक्र नगरपालिका–८ कालीकोट सेराबाडास्थित माथिबाट खसेको पहिरोले सडक अवरुद्ध भएपछि सवारीसाधन आवातजावत पूर्ण रूपले बन्द भएको जिल्ला प्रशासन कार्यालय कालीकोटका प्रमुख जिल्ला अधिकारी झविलाल भट्टराईले जानकारी दिए ।
