SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०१:२१ AM · 1 मिनेट पढाइ

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना र दर्शन गर्ने भक्तजनको लाम

काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री गणेशको पूजा आराधना गर्न आज बिहानैदेखि राजधानीलगायत देशका मुख्य मुख्य भागमा भक्तजनको लाम लागेको छ । सत्ययुगमा भाद्र शुक्ल चतुर्थीका दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यता छ ।