SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०२:३८ AM · 1 मिनेट पढाइ

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको मणिबराही युवा क्लबले मेला सञ्चालन गरेर बचत भएको रु २० लाखभन्दा बढी रकम पर्यटन विकासमा परिचालन गरेको छ । विसं २०८१ र २०८२ मा क्लबले दसैँ पर्वको अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानी पर्यटन पूर्वाधार निर्माणमा लगानी गरेको हो ।