SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०२:३० AM · 1 मिनेट पढाइ

बाढीपीडितलाई निजी विद्यालयद्वारा सहयोग

बागलुङ । भोटेकोशी बाढीपीडितलाई बागलुङका निजी विद्यालयले रु १२ लाख बढी रकम सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याप्सन) बागलुङले भोटेकोशी–त्रिशूली बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रु १२ लाख ७७ हजार ६३३ सहयोग गरिएको छ ।