SHARE
मकालु खबर · मङगलबार ३० भौ २०८३ ०३:३८ AM · 1 मिनेट पढाइ

इ–जीपी प्रणाली अनिश्चितकालका लागि बन्द भएको होइन : सांसद गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा इन्जिनियर आशिष गजुरेलले सार्वजनिक खरिदको इ–जीपी प्रणाली अनिश्चितकालका लागि बन्द नभएको बताएका छन् । उनले इ–जीपी प्रणालीमा देखिएको प्राविधिक कमजोरी सुधार गर्न काम भइरहेको र सुधार सम्पन्न भएपछि पुनः प्रणालीमार्फत खरिद प्रक्रिया सञ्चालन गरिने बताएका हुन् ।