सुनसरीमा जनजीवन सहज बन्दै, सद्भाव कायम गर्ने सर्वपक्षीय बैठकको प्रतिबद्धता
काठमाडौं । गत आइतबार दुई समूहबीच झडप भएयता अशान्त बनेको सुनसरीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ । सरकार, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा राजनीतिक दलहरूको प्रयासपछि अवस्था सामान्य बन्दै गएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख भएको र थप प्रयास जारी रहेको बताए ।
