संसद्लाई सम्बोधन गर्न सभामुखले गरेको आग्रहमा प्रधानमन्त्रीले भने: विचार गर्छु
काठमाडौं । सभामुख डोलप्रसाद अर्याल (डीपी) ले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई सुनसरी घटनाबारे संसद्मा उपस्थित भएर सम्बोधन गर्न आग्रह गरेका छन् । बुधबार प्रधानमन्त्रीसँग भएको भेटमा सभामुख अर्यालले सबै राजनीतिक दलहरूको प्रतिनिधित्व रहने संसद्मा प्रधानमन्त्रीले समसामयिक विषयमा धारणा राख्दा सकारात्मक सन्देश जाने बताएका हुन् ।
