SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ १०:१४ AM · 1 मिनेट पढाइ

रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले दिए डिपफेक भिडियोविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा.स्वर्णिम वाग्लेले डिपफेक भिडियो बनाइ आफ्नो आवाजको दुरुपयोग भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएका छन् । बुधबार वाग्लेले काठमाडौंको भोटाहिटीस्थित साइबर ब्युरोमा पुगेर उजुरी दर्ता गरेका हुन् ।  साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले वाग्लेले दर्ता गरेको उजुरीबारे जानकारी दिँदै सो विषयमा अनुसन्धान अघि बढाइने बताए ।