SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ १०:२८ AM · 1 मिनेट पढाइ

सातै प्रदेशमा अटिजम स्कुल आवश्यक : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा अटिजम स्कुल आवश्यक रहेको बताएका छन् । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा प्राडा दीपकप्रकाश महराको संयोजकत्वमा गठित समितिले बुझाएको अटिजमसम्बन्धी अध्ययन प्रतिवेदन ग्रहण गर्दै मन्त्री पौडेलले प्रारम्भिक चरणमै प्रत्येक प्रदेशमा कम्तीमा एक/एक वटा अटिजम स्कुलको खाँचो रहेको औँल्याए ।