SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ १०:४२ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री ओली चीन भ्रमण सम्पन्न स्वदेश आगमनका लागि प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली  चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश प्रस्थान गरेका छन् । उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते चीन प्रस्थान गरेका थिए । बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत र चीनका लागि नेपाली राजदूतलगायतले बिदाइ गरेका थिए ।