पूर्वराष्ट्रपति भण्डारीको सदस्यतामाथि महाधिवेशनमा बहस गर्न मिल्दैन : शंकर पोखरेल
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले आगामी दोस्रो विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता विषयमा फरक मत राख्न नपाइने स्पष्ट पारेका छन् । बुधबार च्यासलस्थित पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा महासचिव पोखरेलले विधान महाधिवेशनमा पार्टी दस्ताबेजमाथि मात्रै छलफल हुने प्रावधान रहेको भन्दै केन्द्रीय कमिटीको निर्णयमाथिको असहमती त्यहाँको विषय नबन्ने बताए ।
