SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०९:१७ AM · 1 मिनेट पढाइ

१६ वर्षमै मतदानको अधिकार दिनुपर्छः कविन्द्र बुर्लाकोटी

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले निर्वाचन प्रणालीमा समयानुकूल सुधार आवश्यक रहेको बताएका छन् । बुधवार संघीय संसदको संसदीय सुनुवाइ समितिमा बोल्दै उनले मतदाता नामावली, मतदानको उमेर, र निर्वाचनका दिन हुने सवारी आवागमनका विषयमा सुझावहरू दिएका हुन् ।