SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ ११:१९ AM · 1 मिनेट पढाइ

लगातार गिरावटमा नेप्से, आज १५ अंक घट्दा कारोबार ५ अर्ब नाघ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बुधबार पनि घटेको छ । मंगलबार १९.८९ अंकले घटेको नेप्से बुधबार थप १५.६४ अंकले ओरालो लाग्दै २७२६.३३ अंकमा झरेको हो । बुधबार नेप्सेमा कारोबार भएका अधिकांश कम्पनीको शेयर मूल्य घटेपछि समग्र बजार सूचक दबाबमा आएको हो । नेप्से सूचक घटे पनि कारोबार रकममा भने सामान्य सुधार देखिएको छ ।