SHARE
मकालु खबर · बुधबार १३ साउन २०८३ ०९:२३ AM · 1 मिनेट पढाइ

निर्वाचन आयोगको सुधारका लागि ठोस कार्ययोजना र कार्यान्वयन आवश्यक छ: पद्मा अर्याल

काठमाडौँ । नेकपा (एमाले) संसदीय दलकी उपनेता एवं सांसद पद्मा अर्यालले निर्वाचन आयोगले बनाउने योजनाहरू केवल कागजमा सीमित नभई परिणाममुखी हुनुपर्ने बताएकी छन् । बुधवार सिंहदरबारमा आयोजित प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीको संसदीय सुनुवाइका क्रममा बोल्दै अर्यालले योजनाहरूको प्रभावकारी कार्यान्वयनबाट मात्र निर्वाचन प्रणालीमा सुधार सम्भव भएको उल्लेख गरिन् ।