SHARE
लोक पथ · बुधबार १८ भौ २०८२ ११:२६ AM · 1 मिनेट पढाइ

दूध किसानको आन्दोलन रोकियो, सरकारसँग भुक्तानीसम्बन्धी सहमति

काठमाडौं । दूध किसानहरूले सुरु गरेको आन्दोलन बुधबारबाट रोकिएको छ । आन्दोलनरत संघसंस्था र सरकारबीच भएको छलफलमा कात्तिक मसान्तसम्म भुक्तानी गर्ने सहमति भएपछि आन्दोलन स्थगित गरिएको हो । केही दिनयता डेरी संघ, केन्द्रीय दुग्ध सहकारी संघ महासंघ र नेपाल डेरी एसोसिएसनले बाँकी भुक्तानीको माग गर्दै आन्दोलन थालेका थिए ।