संविधान कार्यान्वयनका लागि नीतिगत र कानुनी सुधार सरकारको प्राथमिकता : गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयन, सुशासन र सेवा प्रवाहलाई प्रभावकारी बनाउन नीतिगत तथा कानुनी सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन)विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले सरकार सक्रियतापूर्वक नयाँ ऐन निर्माण र अधूरा कानुनी व्यवस्थाहरूलाई पूर्णता दिन लागेको बताए ।
