डीआईजी दीपेन्द्र शाह नेतृत्वमा एपीएफको ठूलो सफलता, काठमाडौंमा एक लाख २० हजार ट्रामाडोलसहित तीन जना पक्राउ
काठमाडौं : सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं उपत्यकामा सञ्चालन हुँदै आएको लागूऔषध कारोबारविरुद्ध ठूलो कारबाही गर्दै एक लाख २० हजार ट्रामाडोल क्याप्सुलसहित तीन जनालाई पक्राउ गरेको छ।
