SHARE
प्रदेश खबर · मङगलबार १२ साउन २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

कर्णालीको पाँचौं मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त

सुर्खेत । नेकपा एमालेको समर्थनमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका नेता मंगलबहादुर शाही कर्णाली प्रदेशको पाँचौं मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले संविधानको धारा १६८ (२) बमोजिम मंगलबार शाहीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।