SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ ११:४० AM · 1 मिनेट पढाइ

संसद्मा कांग्रेसको प्रश्न- जीएसआईमा नेपाल सहमत भएको विषय विज्ञप्तिमा कसरी उल्लेख भयो ?

सत्तारुढ दल नेपाली कांग्रेसले चीनले अघि सारेको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपाल सहमत भएको भन्ने विषय विज्ञप्तिमा किन र कसरी उल्लेख भयो भनी प्रश्न गरेको छ । प्रतिनिधिसभाको बुधबारको बैठकमा पार्टीको तर्फबाट विशेष समय लिएर पूर्वमन्त्रीसमेत रहेका सांसद दीलेन्द्रप्रसाद बडूले जीएसआईका सन्दर्भमा प्रधानमन्त्रीको सचिवलाय र परराष्ट्र मन्त्रालयले समयमै स्पष्ट पार्नुपर्ने पनि बताए ।