SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ १२:३५ PM · 1 मिनेट पढाइ

संविधान कार्यान्वयन सरकारको प्राथमिकतामा : गृहमन्त्री

गृहमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनको लागि नीतिगत र कानूनी सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् । प्रतिनिधि सभाको बुधवारको बैठकमा नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।