SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ ०१:०१ PM · 1 मिनेट पढाइ

आईजीपी थापा अवकाशमा, गृहमन्त्री लेखकले गरे बिदाइ

प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले ३० वर्षे सेवा अवधि पूरा गरी आजबाट अवकाश पाएका छन् । उनीसँगै अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङ र सुदीप गिरीले पनि अवकाश पाए । आईजीपी थापासहित एआईजीद्वय गिरी र तामाङलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमार्फत नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बिदाइ गरे ।