SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

सामाजिक सञ्जाल दर्ता हुन नआएपछि बिहीबारदेखि बन्द गर्ने सरकारको तयारी

बिहीबारदेखि सामाजिक सञ्जाल बन्द हुने भएको छ । नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो । तर तोकिएको कार्यालय समयको अन्तिम समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने तयारी गरेको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ।