SHARE
पर्दाफास · बुधबार १८ भौ २०८२ ०२:३० PM · 1 मिनेट पढाइ

नागरिकता बस र सिनेमाको टिकट जसरी दिनहुन्न : प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरीकता बसको टिकट जसरी दिन नहुने बताएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद सुवालले नागरीकता सम्बन्धि विधेयकको दोस्रो संसोधनले राम्रो मात्रै होला भन्न नसकिने बताएका हुन् । खुला सीमाना भएको देश नेपालमा जन्मको आधारमा मात्र नागरिकता दिनुपर्ने विषयमा उनले जोड दिए ।