‘डिप फेक’ अडिओविरुद्ध स्वर्णिम वाग्लेले दिए साइबर ब्युरोमा निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले आफ्नो स्वर नक्कल गरी बनाइएको ‘डिप फेक’ अडिओ सामग्री सार्वजनिक भएको भन्दै साइबर ब्युरोमा औपचारिक उजुरी दर्ता गरेका छन् । बुधबार दिउँसो वाग्ले स्वयं भोटाहिटीस्थित नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय पुगेर निवेदन दर्ता गराएका हुन् ।
