SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०१:४८ AM · 1 मिनेट पढाइ

काँकरभिट्टाबाट गत आर्थिक वर्षमा साढे ९ हजार विदेशी पर्यटक नेपाल भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् ।