७० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापनका लागि आज शुक्रबार बजारबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनका लागि निक्षेप संकलन उपकरणमार्फत उक्त रकम संकलन गर्न लागेको हो । यसको बोलकबोल प्रक्रिया आज दिउँसो ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत सञ्चालन हुनेछ ।
