SHARE
लोक पथ · मङगलबार १२ साउन २०८३ ०२:०० AM · 1 मिनेट पढाइ

अर्थमन्त्री वाग्ले भन्छन् – ‘पुँजीबजार विकासमा उच्च नैतिकता र प्रभावकारी नियमन आवश्यक छ’

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नियमकीय गुणस्तर सुधार गर्दै पुँजीबजारको दिगो विकासका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्रभावकारी भूमिका खेल्नुपर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको निरीक्षणका क्रममा मन्त्री वाग्लेले बोर्ड नेतृत्वलाई उच्च नैतिकता, पारदर्शिता र लगानीकर्ताको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका हुन् ।