चिकित्सकमाथि भएको आक्रमणको विरोधमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द
काठमाडौं। नेपाल चिकित्सक संघले वीरगन्जको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । संघले सोमबार विज्ञप्ति जारी गर्दै सरकारी, निजी र गैरसरकारी सबै अस्पतालमा आकस्मिक सेवा भने नियमित सञ्चालन हुने, तर ओपीडीसहित अन्य सबै सेवा बन्द रहने जनाएको हो ।
