राष्ट्रिय व्यवसायिक पहल (NBI) को १९औं साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित, अध्यक्षमा पुनः कुशकुमार जोशी
१६ भदौ, काठमाडौं। काठमाडौंमा हालै सम्पन्न राष्ट्रिय व्यवसायिक पहल (National Business Initiative – NBI) को १९औं वार्षिक साधारण सभाले नयाँ नेतृत्व चयन गरेको छ । यस सभाबाट अध्यक्षमा पुनः कुशकुमार जोशी निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँको अध्यक्षतामा आगामी कार्यकालका लागि सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन् ।
