यामाहा नेपालले गोरखामा नयाँ शोरुम र २ नयाँ बाइकको भेरियन्ट लन्च गर्यो
१६ भदौ, गोरखा। यामाहा नेपालले गोरखामा आफ्नो नयाँ ३एस (सेल्स, सर्भिस, स्पेयर्स) सुविधासहितको शोरुम ‘चन्दा सप्लायर्स’ सञ्चालनमा ल्याएको छ । यस नयाँ शोरुमको उद्घाटन गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगर, उपप्रमुख मसलीमाया थोकर र प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरे ।
