सिद्धार्थ बैंकका ग्राहकलाई हिमालयन फ्रन्ट होटेलमा २०% सम्मको छुट
१६ भदौ, काठमाडौं। सिद्धार्थ बैंक र हिमालयन फ्रन्ट होटेल प्रा. लि. बीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ। यस सम्झौता अनुसार, पोखरास्थित हिमालयन फ्रन्ट होटेलमा बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्ने ग्राहकहरूले २०% सम्मको छुट पाउनेछन्।
