SHARE
कालिका खबर · शनिबार ९ साउन २०८३ ०२:२८ PM · 1 मिनेट पढाइ

ट्राभल्स व्यवसायी श्रेषु आचार्यद्वारा ‘कोसिस लाइफ स्टाइल’ शोरुम सञ्चालन, धुम्बाराहीमा महिलामुखी फेसन गन्तव्य सुरु

काठमाडौं। ट्राभल्स क्षेत्रमा सफल उद्यमीका रूपमा परिचित श्रेषु आचार्यले आफ्नो व्यावसायिक यात्रा फेसन तथा लाइफस्टाइल क्षेत्रमा विस्तार गर्दै काठमाडौंको धुम्बाराहीमा महिलामुखी फेसन तथा लाइफस्टाइल शोरुम ‘कोसिस लाइफ स्टाइल’ (Kosis Life Style) सञ्चालनमा ल्याएकी छन्। धुम्बाराहीस्थित मर्क्योर होटलको छेउमा तथा सुकेधाराबाट पीपलबोटतर्फ करिब १०० मिटरको दूरीमा रहेको शोरुमको औपचारिक उद्घाटन समारोहमा ग्राहक, शुभेच्छुक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटनपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उद्यमी आचार्यले व्यवसायको पहिलो दिन नै अपेक्षाभन्दा बढी साथ र माया पाएको बताइन्। उनले भनिन्, “आज मेरो व्यवसाय औपचारिक रूपमा सुरु भयो। सोचेभन्दा धेरै भिडभाड भयो।