SHARE
कालिका खबर · शनिबार ९ साउन २०८३ ०७:५० AM · 1 मिनेट पढाइ

कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक

सुर्खेत । असार ३२ गतेदेखि सत्ता सङ्कटमा परे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमाले संसदीय दलको बैठक बोलाएका थिएनन् । कांग्रेस—नेकपाले उनीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । उक्त अविश्वासको प्रस्तावमाथि आज दिउँसो ३ बजेतिर प्रदेश सभामा छलफल हुनेछ । त्यसका लागि दिउँसो ३ बजे प्रदेश बैठक बोलाइएको छ । कँडेलले  सभा बस्नुअघि १ बजेतिर संसदीय दलको बैठक बोलाएका छन् । अहिले एमाले संसदीय दलको बैठक बसिरहेको एक सांसदले बताए । कांग्रेस र नेकपा हालसम्म पनि कँडेलविरुद्ध उभिएकाले उनको सरकार गुम्ने निश्चित जस्तै छ ।