सांसदलाई स्वकीय सचिव राख्ने सरकारको निर्णयविरुद्ध जेनजीको प्रदर्शन
काठमाडौं । प्रतिनिधि सभा सदस्यलाई स्वकीय सचिव राख्ने सरकारको निर्णयको विरोध गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले प्रदर्शन गरेको छ । शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गर्दै अभियानले राज्यकोषको दुरुपयोग गरी सांसदहरूको विलासिता बढाउन खोजिएको भन्दै उक्त निर्णय फिर्ता लिन सरकारसँग आग्रह गरेको हो । प्रदर्शनमा अभियानकी सदस्य सुप्रिया नेपालीले दुर्गम क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा र औषधिको अभाव रहेका बेला सांसदका लागि स्वकीय सचिवको व्यवस्था गर्नु नीतिगत रूपमा गलत भएको बताइन् ।
